२ असार २०७८, बुधबार   |  June 16, 2021
advertisement of bishwo khabr
Tika Gurung

बाल सुधार गृहका २५ जनामा कोरोना सङ्क्रमण

बाल सुधार गृहका २५ जनामा कोरोना सङ्क्रमण पुष्टि


मोरङ । बाल सुधार गृह मोरङमा रहेका २५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सुधार गृहमा रहेका एक सय ९३ जना बालक मध्ये २५ जनामा कोरोना पुष्टि भएको सुधार गृहका प्रमुख मिलन चौहानले बताए ।

गत जेठ २ गते पहिलो पटक एक बालकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।जेठ १३ गते कन्ट्याक्ट ट्रेसिङमा परेका ५० जनाको पिसिआर गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

उनीहरुको विराटनगर महानगरपालिकाले स्वाब लिएर पीसीआर परिक्षण गरेको थियो । सुधार गृहका प्रमुख चौहानका अनुसार सङ्क्रमण पुष्टि भएका बालकहरूलाई महानगरपालिकाको आइसोलेसनमा राखिएको छ ।सुधार गृहमा रहेका अन्य बालकको पनि पिसिआर परीक्षण गर्ने तयारी भइरहेको उनले बताए ।

५० जना क्षमता भएको सुधार गृहमा १९३ जना बालक छन् । क्षमताभन्दा चार गुणा बढी बालक रहेको सुधार गृहमा कोरोना सङ्क्रमण फैलिएको आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n