images
images
  • महालक्ष्मी कर्पोरेट क्रिकेट लिग जेठ २० गतेदेखि, १६ टिमको सहभागिता रहने

    काठमाडौं- महालक्ष्मी विकास बैंकको आयोजनामा हुने ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२३, शृंखला २’ यही जेठ २० गतेदेखि सुरु हुने भएको छ ।

    बैंकको २९औँ वार्षिकोत्सवका अवसरमा हुन लागेको प्रतियोगिता जेठ २२ गतेसम्म इमाडोलको बलपार्क इन्डोर क्रिकेट हलमा सञ्चालन हुनेछ । आयोजकका अनुसार प्रतियोगितामा कर्पोरेट क्षेत्रका १६ टिमको सहभागिता रहनेछ ।

    लिगकम नकआउट पद्धतिमा सञ्चालन हुने प्रतियोगितामा कुल ३१ खेल हुनेछन् । प्रतियोगितामा सहभागी १६ टिमलाई प्रत्येक समूहमा चार समूहमा विभाजन गरिएको छ । टी–१० संरचनामा सञ्चालन हुने प्रतियोगितामा प्रत्येक समूहबाट दुई टिम क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

    प्रतियोगितामा माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, प्रभु बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम बैंक, कुमारी बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, आईसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र आयोजक महालक्ष्मी विकास बैंकको सहभागी छन् ।

    प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यानअफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याटर, बेस्ट विकेटकिपर, बेस्ट फिल्डरलगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ ।

    प्रतियोगिताका सम्पूर्ण खेलको बैंकको आधिकारिक युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images