images
images
  • काभा महिला भलिबल च्यालेन्ज कप: आज नेपाल र भारत खेल्दै

    काठमाण्डौ- एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा आज नेपाल र भारत खेल्दैछन् ।

    खेल दिउँसो ३ बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । आजको खेल जित्ने टोली समूह विजेता बन्नेछ ।

    समूह ‘ए’ मा रहेको घरेलु टोली नेपाल एक खेल बाँकी छँदै सेमिफाइनलमा पुगेको छ ।

    मंगलबार भएको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।

    नेपालको जितले भारत पनि सेमिफाइनलमा पुगेको छ । नेपाल र भारतको समान ६ अङ्क छ ।

    पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । भारतले पनि किर्गिस्तान र बंगलादेशलाई हरायो ।

    किर्गिस्तान र बङगलादेश समूह चरणबाट बाहिरिएका छन् । किर्गिस्तान र बङगलादेशबीचको विजेता समूहमा तेस्रो हुनेछ ।

    प्रतियोगितामा ८ टोली सहभागी छन् । समूह ‘ए’ मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन् ।

    त्यस्तै, समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन्।

    राउन्ड रोविन लिगपछि शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिता आउँदो १४ गतेसम्म चल्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images