images
images
  • काभा महिला भलिबल च्याम्पियनसिप: दोस्रो जितसँगै भारत सेमिफाइनल नजिक

    काठमाडौं- समूह ‘ए’बाट लगातार दोस्रो जित निकालेको भारत सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ को सेमिफाइनलनजिक पुगेको छ ।

    काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा भारतले लगातार दोस्रो खेल जितेको छ ।

    त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा भारतले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हरायो । योसँगै भारतले समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनल प्रवेश गर्ने सम्भावनलाई बलियो बनाएको हो ।

    भारतले पहिलो सेटमा कीर्गिस्तानको चुनौती झेलेको थियो ।पहिलो सेट २५–१७ ले हारेको किर्गिस्तानले दोस्रो र तेस्रो सेटमा झनै फितलो प्रदर्शन ग¥यो । यी दुवै सेट उसले २५–८ ले गुमायो ।

    समूह बीमा दोस्रो खेल जितेको भारत सेमिफाइनल नजिक पुगेको छ । उसले हिजो बंगलादेशलाई पनि ३–० को सेटमा नै हराएको थियो ।

    हिजो नेपालसँग हारेको किर्गिस्तानको यो लगातार दोस्रो हार हो ।

    नेपालले आज आफ्नो दोस्रो खेल बंगलादेशसँग खेल्दै छ ।

    यो समूहमा भारत र कीर्गिस्तानसँगै नेपाल र बंगलादेश पनि छन् । आजै दिउँसो ३ बजेदेखि सुरु हुने खेलमा बंगलादेशलाई हराउन सके नेपालसँगै भारतले पनि समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनल यात्रा तय गर्नेछ ।

    प्रतियोगितामा कुल आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘बी’मा श्रीलंका, उज्वेकिस्तान, माल्दिभ्स र काजखस्तान छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिमले सेमिफाइनलको यात्रा तय गर्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images