images
images
  • जडिबुटीको प्रहरी बिटमा चल्यो महानगरको डोजर

    काठमाडौं- काठमाडौं  महानगरपालिकाले फुट्पाथ पैदलयात्रीको लागि अभियान अन्तर्गत जडिबुटी, कोटेश्वरमा रहेको नेपाल प्रहरीको अस्थायी प्रहरी बिटमा डोजर चलाएको छ।

    सोमबार ३ बजे महानगरीय प्रहरी बलको टोलीले जडिबुटी, कोटेश्वरमा रहेको प्रहरी बिटलाई हटाएको महानगरले जनाएको छ।

    महानगरको ३२ वडामा रहेको प्रहरी बिट हटाएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए। सडक पेटीमा रहेकाले बिट हटाउन परेको उनको भनाइ छ।

    1 2

    2 2

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images