images
images
  • ए डिभिजन लिग: आर्मी र थ्री स्टारको बराबरीमा रोकिए

    काठमाडौं- शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मीले थ्री स्टार फुटबल क्लबसँग १–१ को बराबरी खेलेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ६९ औं मिनेटमा लाकेन लिम्बुले मिडफिल्डबाट शानदार गोल गरेपछि थ्री स्टारले अग्रता लिएको थियो ।

    तर अग्रता जोगाउन नसक्दा थ्री स्टारले नियमित समयको ४ मिनेट बाँकी रहँदा आर्मीका दिनेश हेन्जनको हेडर गोल खान पुग्यो ।

    ८६ औं मिनेटमा सुदिल राईको क्रसमा दिनेश हेन्जनको हेडर गोलमा परिणत भएको हो ।

    यस बराबरीसँगै थ्री स्टार १८ खेलमा २६ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । आर्मी भने १८ खेलमा २५ अंकसाथ छैटौं स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images