images
images
  • मेक्सिकोमा ट्रेलर र भ्यान आपसमा ठोक्किँदा २६ जनाको मृत्यु

    काठमाडौं- मेक्सिकोमा मालबाहक ट्रेलर र भ्यान आपसमा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ ।

    उत्तरी राज्य तमौलिपासको राजमार्गमा मालबाहक ट्रेलर र भ्यान ठोक्किएपछि आगो लागेको थियो ।

    मालबाहक ट्रेलरलाई तान्ने अगाडिको भाग भने दुर्घटनास्थलमा भेटिएको छैन । दुर्घटनापछि चालक फरार भएको अनुमान छ । दुर्घटनास्थल हेर्दा मृतकको संख्या बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।

    परिवारका सदस्यहरुसहित घुमघाम गर्न निस्किएकाहरु दुर्घटनामा परेको अनुमान छ । दुर्घटनास्थलमा भेटिएको परिचयपत्रको आधारमा दुर्घटनामा मेक्सिकोकै नागरिकहरु परेको अनुमान छ ।

    अधिकारीहरुले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएका छन् ।

    मेक्सिकोमा सन् २०२१ मा भएको एक सवारी दुर्घटनामा ५३ जनाको ज्यान गएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images