images
images
  • ललिता निवास प्रकरण : ४९ जना जग्गाधनी बिरुद्ध २१ दिने सूचना



    काठमाडौं । मालपोत कार्यालय काठमाडौंले बालुवाटारको ललिता निवासस्थित जग्गाको पुर्जा लिएका ४९ जना जग्गा धनीलाई २१ दिनको अन्तिम सूचना जारी गरेको छ ।

    आइतवार गोरखापत्रमा प्रकाशित सूचना अनुसार उनीहरु तीन साताभित्र मालपोत कार्यालयको सम्पर्कमा कारणसहित उपस्थित नभए सम्बन्धित व्यक्तिको नाममा रहेको जग्गा सरकारको नाममा जानेछ ।

    २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरेर २१ दिनको समय दिइएको हो ।

    बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने मुख्य अभियुक्त रामकुमार सुवेदी, शोभाकान्त ढकालसहित भाटभटेनीका सञ्चालक मीनवहादुर गुरुङसहित ४९ जनाको नाममा अन्तिम सूचना जारी गरिएको हो ।

    यसअघि नै कुमार रेग्मी र नवीन पौडेलले आफ्नो नाममा रहेको जग्गा सरकारलाई बुझाइसकेकाले उनीहरुमाथि मुद्दा चलेको छैन । बाँकी सबैमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ ।

    gorkhapatra notice scaled 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images