images
images
  • आर्मीलाई ३-० गोलले हराउदै ‘एपीएफ’को उत्कृष्ट जित

    काठमाडौं- शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विभागीय डर्बिमा एपीएफले बाजी मारेको छ ।

    दशरथ रंगशालामा भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३-० ले हरायो ।

    ४१ औं मिनेटमा एपीएफका अर्मान्ड बेडोमले टिमका लागि पहिलो गोल गरे । उनले लङबलमा गोल गरेका हुन् । आर्मीका डिफेन्डर दिपक गुरुङले उक्त बल रोक्न खोजे पनि सकेनन् ।

    ५६ औं मिनेटमा हरी कार्कीको क्रसमा आभास लामिछानेले गोल लाइन नजिकैबाट उत्कृष्ट प्रहार गरे ।

    तेस्रो गोल भने कप्तान नविन लामाले खेलको ६२ औं मिनेटमा गरेका थिए । अर्मान्ड बेडोमले दिएको बललाई उत्कृष्ट फुटवर्कमार्फत फिनिस गर्दै उनले एपीएफलाई ३–० ले जिताए ।

    पहिलो हाफदेखि नै फितलो देखिएको आर्मी डिफेन्सकै कारण एपीएफसँग पछि रह्यो । यो हारसँगै आर्मी १६ खेलमा ५ जित ६ हार र ५ बराबरीसहित २१ अंक बटुलेर तालिकाको सातौं स्थानमा झरेको छ ।

    आर्मीलाई पछि पार्दै एपीएफ २२ अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images