नेपालगञ्ज । बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, बाँके र बर्दियाका दुई–दुई जनाको शनिबार रातभरमा मृत्यु भएको छ ।
बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर ९ का ३९ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ १० गते पीसीआर गरेका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको राति १२ः४५ बजे मृत्यु भएको हो ।
बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर २ का ५५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ २ गते भर्ना गरिएका उनको १८ गते पीसीआर गरिएको थियो । उनको आइतबार विहान साढे ५ बजे मृत्यु भएको छ ।
बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ३ का ३३ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ ७ गते भर्ना गरिएका उनको ९ गते पीसीआर गरिएको थियो । उनको राति ११ः२५ बजे मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















