images
images
  • आइपीएल: बेङ्लोरलाई ७ विकेटले हराउदै दिल्लीको सहज जित

    काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध ७ विकेटको सहज जित निकालेको छ ।

    शनिबार दिल्लीस्थित अरुण जेट्ली रंगशालामा सम्पन्न खेलमा बेङ्लोरले प्रस्तुत गरेको १८२ रनको लक्ष्य घरेलु टिमले १६.४ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

    दिल्लीको जितमा फिल साल्टले ८७ रन बनाए । साल्टले ४५ बलमा आठ चौका र ६ छक्का प्रहार गरे । रिले रोसोउले ३५, मिचेल मार्सले २६ र कप्तान डेविड वार्नरले २२ रन जोडे ।

    बेङ्लोरका जस हेजलउड, कर्ण शर्मा र हर्सल पटेलले समान एक विकेट लिए ।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images