images
images
  • आईपीएल: राजस्थानलाई ९ विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा

    काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सलाई ९ विकेटले हराउँदै गुजरात टाइटन्स तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

    गएरातिको खेलमा राजस्थानले दिएको १ सय १९ रनको लक्ष्य गुजरातले १३ ओभर ५ बलमा १ विकेटको क्षतिमा भेट्टाएको हो ।

    १० खेलमा सात जित र तीन हारसहित गुजरातले १४ अंक बनाएको छ ।

    १० खेलमा ५ मा जित र ५ मा हार चाखेको राजस्थान भने १० अङ्कसहित तालिकाको चौथो स्थानमा छ ।

    आईपीएलमा आज दुई खेल हुँदैछन् । चेन्नई सुपर किङ्स र मुम्मई इन्डियन्स दिउँसो पौने ४ बजे चेन्नईमा खेल्नेछन् ।

    दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैङ्लोरबीच राति पौने ८ बजे दोस्रो खेल हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images