व्यवसायमा सक्रिय भएको ३५ वर्षपछि र नेपाल उद्योग वाणिज्य महासंघमा प्रवेश गरेको २१ वर्षपछि उद्यमी अन्जन श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघकोे सर्वोच्च पदमा पुगेका छन् । चन्द्रप्रसाद ढकाल नेतृत्वको महासंघमा तीन बर्से कार्यकालमा उनी ‘प्रेसिडेन्ट इन वेटिङ’का रुपमा वरिष्ठ उपाध्यक्षको भूमिकामा रहनेछन् । श्रेष्ठ तीन वर्षपछि स्वतः अध्यक्ष बन्नेछन् । २०४५ सालबाट व्यवसायमा सक्रिय श्रेष्ठ १४ वर्षपछि २०५९ सालमा महासंघ प्रवेश गरेका थिए ।
महासंघमा कार्यसमिति सदस्यका रुपमा श्रेष्ठ प्रवेश गर्दा निजी क्षेत्रको सबैभन्दा ठूलो संस्थाको नेतृत्व कुशकुमार जोशीले गरिरहेका थिए । त्यसबेला उनले राजस्व समिति, उद्योग समिति र रोजगारदाता परिषदमा रहेर आफ्नो जिम्मेवारी निभाए ।महासंघमा ब्रान्डिङ समितिका संयोजक, कर तथा राजस्व समितका संयोजक, रोजगारदाता परिषदका सदस्य र उद्योग समितिका अध्यक्षका रुपमा उनले कुशलतापूर्वक भूमिका निभाएका छन् ।
२०७७ देखि वस्तुगततर्फका उपाध्यक्ष रहेका श्रेष्ठ महासंघको ५७औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष बनेका छन् । देश आर्थिक संकटको भूमरीमा फस्दै गरेका बेला उनी निजी क्षेत्रको सबैभन्दा ठूलो संस्थाको नेतृत्व तहमा पुगेका छन् । श्रेष्ठ लक्ष्मी ग्रुपका प्रबन्ध निर्देशक हुन्, जसले ३ हजारभन्दा बढीलाई रोजगारी दिएको छ । लक्ष्मी ग्रुपका डेरी उद्योग, स्टिल उद्योग र प्लास्टिक उद्योग सञ्चालनमा छन् । यो ग्रुपले हुन्डाई गाडीमार्फत नेपालमा अटो व्यवसाय गरिरहेको छ । होटल र हस्पिटल क्षेत्रमा पनि लक्ष्मी ग्रुपको लगानी छ ।
चर्चामा आउन नरुचाउने मान्छे !
चर्चामा आउन मान्छेहरु मरिहत्यौं गर्छन् तर त्यो मामिलामा अलि पछाडी छु जस्तो लाग्छ । अगाडी आउन खोज्छु जस्तो लाग्दैन । पालो आइहाल्छ भन्ने किसिमले चुप लागेर बस्ने गरेको थिए । मिडियामा आउनै खोज्दिन थें । पछि नाडाको उपाध्यक्ष भएपछि आउन लागेको हो । मलाई मिडियामा नआएको भनेर साथीहरुले कहिले खुल्ने भनेर प्रश्न गरिरहेका पनि हुन्थे ।
नारायण गोपालको फ्यान
म नारायण गोपालको फ्यान हूँ । तर त्यही गीत चै होइन । विद्यार्थी जीवनमा नारायण गोपालका वियोगान्त गीतहरु सुन्थे । विवाह हुनूपूर्व भाइहरु पनि अध्ययनका लागि विदेश गएका थिए । एकलो जिवन काट्न ग्राहो हुने भएकाले त्यस बखत वियोगान्त गीतहरु सुन्थे । होस्टलमा पनि उपत्यकाका साथीहरु भन्दा धेरै हाम्रो उपत्यकाका बाहिरका साथी थिए । र आईएसीमा साइन्स पढ्न भ्यालि क्यापस गएँ । र, साइन्समा आफ्नो लक्ष्य नदेखेकाले पिपुल्स कलेजमा कर्मश पढ्न गए । पहिलाको साथीहरुसँगको दोस्ती क्रमिक रुपमा टुट्न पुग्यो र आफूलाई एक्लो महशुश गर्न थाले । अनि नारायण गोपालका बियोगान्त गीतहरु साथी भए ।
हामी व्यापारी भएकोले हाम्रो मापन पैसाकै माध्यमबाट हुन्छ । हामीले आफ्नो व्यापार उद्योगबाट पैसा कमाउन सक्यौ भने सफल भनिन्छौ । नत्र असफल हुन्छौं । ‘यति चोखो यति मिठो दिउला तिमलाई माया’ भन्ने नारायण गोपालको गीत मेरो प्रिय हो । विश्वका प्रेमीहरुको सर्मपणमा बनेको गित हो जस्तो लाग्छ । साथीहरुको बिचमा रमाइलो गर्दा त्यो गीत गाउने गरेको छु ।
पैसाको बढी माया लाग्छ ?
पैसालाई मायाको रुपमा लिन सकिदैन । हामी व्यापारी भएकोले हाम्रो मापन पैसाकै माध्यमबाट हुन्छ । हामीले आफ्नो व्यापार उद्योगबाट पैसा कमाउन सक्यौ भने सफल भनिन्छौ । नत्र असफल हुन्छौं । म व्यवसायिक भएको हुनेले आफ्नो व्यवसायलाई सबैभन्दा धेरै माया गर्छु ।
एक घण्टा मर्निङवाक र हल्का योगा
पहिला स्वास्थ्यप्रति त्यति सजग थिइन । तर अहिले भएको जस्तो लाग्छ । दैनिक १ घण्टा मर्निङवाक र हल्का योगा गर्छु । र, फ्रेस भए पछि मात्र काममा लाग्छु । फ्रेस हुनुपूर्व फोन पनि चलाउदिन ।
सधै टिका लगाउनुको अर्थ
अलिक धार्मिक छु । शक्ति र आशिषको रुपमा टीका लगाएको हो । म आफूलाई हिन्दु भएकोमा गर्व गर्छु । मर्निङवाकबाट सुरु हुने मेरो बिहानीसत्र दैनिक आधा घण्टाको पूजा नसकिकन म फोन पनि उठाउदिन । निधारमा टिका आफै लगाउछु ।
यसरी प्रबेश गरे व्यापारमा ?
यो परिस्थितिले जन्माएको हो । हाम्रो परिवार ठूलो र घर एकदमै सानो थियो । भान्सामा भात खाएपछि सूत्ने ठाउँको कमि भएकाले लिपेको सुकेपछि सुत्नुपथ्र्यो । २÷३ वटा कोठा थिए । त्यो हाम्रो परिवारलाई पुग्दैन थियो । बुवा पाल्पामा सरकारी जागिरे हुनुहन्थ्यो । घरमा बुढी हजुरआमा एक्लै हुनुहन्थ्यो । बुवा काम छोडेर घरमा बस्नु भयो । केही काम गर्नु पर्छ भनेर पोखराको घर बेचेर नेपालगञ्जमा बस्ने सोच बनाउनु भयो । मामाले धेरै उब्जाउ योग्य जमिन नेपालगञ्जमा रहेको बताए पछि बुवा त्यता जाने इच्छा देखाउनु भएको थियो । त्यो समय ठूलो बुवा बुटबलमा हुनुहन्थ्यो । उहाँलाई पोखराको घर बेच्ने इच्छा थिएन । साथीभाइहरुसँग सल्लाह गर्नु भएछ । त्यो समयमा हामी पुष्टकारी बनाएर बेच्ने गथ्यौं । ठूलो बुवाको साथीहरुमध्ये एकजना भारतीय हुनुहुन्थ्यो । उनले बनारसमा मिठाइ बनाउन मिल्ने मेसिन आएको छ भने । र, केही गर्ने हो भने घरमै बसौं भन्ने कुरा भयो । हाम्रो परिवार यसरी ब्यापारमा आएको हो । हामीसँग ४ सय रुपैयाँ थियो । र २ हजार ऋण लिएर २४ सयबाट व्यापार सुरु गरेको हो ।
पोखराबाट आउदा काठमाडौंमा आउँदाको त्यो दिन
काठमाडौं मेरो अध्ययन र कर्म क्षेत्र हो । म पोखरामा ३ कक्षा पास गरेर काठमाडौंमा १ कक्षामा पढ्नका लागि आएको हुँ । बुवाले मलाई इंग्लिस पढ्न र विदेशीसँग बोल्ने हुन्छस् भनेर काठमाडौंमा पढ्नका लागि फकाउनु भएको थियो । त्यस समय हामी ५÷७ जना पोखराबाट पढ्नका लागि आएका थियौं । हामी बालुवाटारको स्कूलमा भर्ना भयौं । पूर्बयुबराज पारस शाह पनि हाम्रो क्लासमेट थिए ।
खानाको शोखिन
म खानामा चै अलि चुजि छु । मलाई खाजा खाँदा जहाँ मिठो लाग्छ त्यहाँ म बारम्बार गई रहन्छु । नयाँ ठाउँमा जान अलि लाज लाग्छ । कहिले काँही मिसेजले सधै एउटै ठाउँ कति जाने भनेर झर्को मान्ने गरेका उदाहरण पनि छन् । मेरो विचारमा म खानाको शोखिन छु । खानाको टेष्ट पारखी हुँ । शनिबार घरमा खान खाइदैन । बाहिर श्रीमतीको ड्राइभरको भूमिकामा हुन्छु । र लेजिडेको रुपमा शनिबार बिताउन मन लाग्छ ।प्लेनको पाइलट नभए के भो ! कम्पनीको पाइलट भएँ । बुवाको इच्छा अनुसार डाक्टर र मेरो इच्छा अनुसार पाइलट हुन्थे । प्लेनको पाइलट नभए पनि एउटा कम्पनीको पाइलटको रुपमा कम्पनी चलाइरहेको छु ।






















