images
images
  • पाल्पामा बस दुर्घटना: एकको मृत्यु, ३८ जना घाइते

    काठमाडौं- बुटवलदेखि बागलुङको बुर्तिबाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ।

    आज बिहान बुटवलदेखि बुर्तिबाङतर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै बिहान ९ बजे दुर्घटनामा परेको हो।

    दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाकाले जानकारी दिएको छ ।

    अन्दाजी ४० वर्षकी राधिका पौडेलको मृत्यु भएको प्रहरीले बताएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ।

    घाइते सबैको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस भिरमा अड्किएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images