काठमाडौं- रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेका बुवा चढ्ने गाडीमाथि तोडफोड भएको छ ।
तनहुँको व्यास नगरपालिका–३ दमौली बजारस्थित सन्तोष होटलअगाडि रोकिराखेको अवस्थामा बा ११ च ४२५० नम्बरको मारूती गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएका छन् ।
कारको बायाँ भागको सिसा फुटाइएको छ भने इटा समेत हानिएको छ। तोडफोड गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीको अनुसार गएराती करिब १ बजे अज्ञात समूहले गाडी तोडफोड गरेका हुन् । यस घटनाबारे थप अनुसन्धान भईरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















