images
images
  • सरकारले खोल्यो जग्गाको कित्ताकाट

    काठमाडौं-सरकारले लामो समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    ‘भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ । नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो । त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको छ’ उनले भनिन् ।

    भू–उपयोग नियमावली, २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको र यससँगै ‘भू–उपयोग पहिलो संशोधन नियमावली, २०७९ पनि स्वीकृति गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

    यस व्यवसायमा कित्ताकाट रोकिंदा लगानी गर्नेहरुको अर्बौं रुपैयाँ फसेको छ । घरजग्गा व्यवसायमै मन्दी आएको, यसको असर समग्र अर्थतन्त्रमै परेको आशंका गरिएको छ ।कित्ताकाट खुला गरेपछि कारोबार सहज हुने छ । यसअघि नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो ।

    गत हप्ता पोखराका व्यवसायीसँगको कुराकानीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घरजग्गामा पैसा फसेको र भूउपयोग नियमावलीका कारण जग्गा कित्ताकाट रोकिएकाले खोल्ने तयारी भइरहेको बताएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images