images
images
  • स्टार्टअप कर्जामा युवाको बढ्दो आर्कषण, १० हजारले दिए आवेदन

    काठमाडौँ देशमा रोजगारी भएन भन्दै बिदेसिनेको संख्या बर्सेनि बढिरहेका बेला स्वदेशमै नयाँ सम्भावना खोजेर स्टार्टअप गर्ने समेत बढिरहेका छन् । थोरै लगानी गरेर नवीन व्यवसाय थालनी गर्नेहरूको संख्या सहरी क्षेत्रमा बढेको छ ।

    स्टार्टअप उद्यमीलाई प्रोत्साहित गर्न औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले तीन वर्षदेखि सुरु गरेको स्टार्टअप कर्जाका लागि आवेदनको उत्तिकै ओइरो छ । चालु आर्थिक वर्षमा अहिलेसम्म स्टार्टअप कर्जाका लागि १० हजार २ सय ४४ उद्यमीका आवेदन परेका छन् । प्रतिष्ठानबाट ३ प्रतिशत ब्याजदरमा बिनाधितो ऋण प्राप्त गर्न सकिने भएपछि स्टार्टअप कर्जाको माग बढेको हो ।

    प्रतिष्ठानका अनुसार १० हजारभन्दा बढी आवेदन आएकोमा ८ हजार २ सय ३ अनलाइनबाट आएका हुन् । आवेदन सोचेभन्दा धेरै आउनुले युवाहरू स्टार्टअपमा आकर्षित भएर कर्जा खोजिरहेको बुझिएको छ । यो उद्यमशिलताका लागि निकै सकारात्मक संकेत हो ।

    सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप उद्यम कर्जा कार्यक्रमका लागि ७३ करोड रुपैयाँ बजेट छुट्याएको छ । स्टार्टअप कर्जाको आवेदन धेरै परेकाले फागुनको पहिलो सातासम्म कर्जा उपलब्ध लक्ष्य राखिएको छ । यो वर्ष गत वर्षभन्दा बजेट कम हुँदा ४ सय जनालाई उक्त कर्जा उपलब्ध गराउने लक्ष्य लिइएको प्रतिष्ठानले जनाएको छ ।

    गत वर्ष स्टार्टअप कर्जाका लागिहजारसय ५८ को आवेदन परेकोमासय ६१ जनाले कर्जा प्राप्त गरेका थिएत्यसका लागि गत वर्ष बजेटमा १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो । गत वर्ष धेरैले स्टार्टअप कर्जा प्राप्त गरेपछि यो वर्ष आवेदन बढेको देखिन्छ ।

    स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८२’ अनुसार न्यूनतम ५ लाख र अधिकतम २० लाख रुपैयाँसम्मको कर्जाको प्रावधान तोकिएको छ । गत वर्ष कर्जाको सीमा २५ लाखसम्म थियो । यस्तै, कर्जाका लागि व्यवसाय दर्ता भएको १० वर्ष ननाघेको र वार्षिक कारोबार १५ करोड रुपैयाँभन्दा बढी नभएको हुनुपर्ने सर्त छ ।

    स्टार्टअप उद्यमको क्षेत्रमा सबैभन्दा धेरै आवेदन कृषि तथा उत्पादनमूलक क्षेत्र परेको छ । यस्तै, सूचना प्रविधि तथा डिजिटल क्षेत्र र पर्यटन उद्यमीले कर्जाका लागि आवेदन दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images