images
images
  • करेन्ट नुडल्स ग्रीन इनर्जीबाट बनाइने

    काठमाडौं करेन्ट नुडल्स निर्माता तथा स्न्याक्स क्षेत्रकै अग्रणी नाम यशोदा फुड्सले दिगोपनाको यात्रामा महत्त्वपूर्ण कदम चाल्दै कपिलवस्तुको चन्द्रौटामा रहेको आफ्नो कारखानामा ८६५ केडब्ल्यूपी क्षमताको रूफटप सोलार परियोजना जडान गरेको छ ।

    यो परियोजनाले २३ नोभेम्बर २०२५ देखि स्वच्छ तथा हरित सौर्य ऊर्जामार्फत बिजुली उत्पादन गर्न शुरू गरिसकेको कम्पनीले जनाएको छ ।

    यससँगै यशोदा फुड्स नेपालमा पहिलो पटक सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन गर्ने नुडल्स उद्योग बनेको छ ।

    कम्पनीले ‘नेपालकै पहिलो ग्रिन नुडल्स म्यानुफ्याक्चरिंग फेसिलिटी’को उपमा समेत आफ्नो नाम गराउन सफल भएको छ । साथै, कपिलवस्तु औद्योगिक करिडोरमा पनि छानामाथि सौर्य नवीकरणीय ऊर्जा प्रयोग गर्ने पहिलो उद्योग बन्न सफल भएको छ ।

    यस सौर्य प्लान्टमार्फत औद्योगिक आवश्यकताको करिब ८० प्रतिशत बिजुली माग पूरा हुने, विद्युत खर्च ६५ प्रतिशतले घट्ने तथा प्रयोगविहीन रहेको छाना सदुपयोग समेत हुनाका साथै कार्बन उत्सर्जनमा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ ।

    यो परियोजना नेपालकै अग्रणी तथा दीर्घ अनुभव सम्पन्न स्मार्ट सौर्य समाधान प्रदायक प्राइम रिन्यूएवल्स प्रालिद्वारा निर्माण गरिएको हो । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images