एजेन्सी- भारतमा गत २४ घन्टामा १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन्।
शुक्रबार ११ हजार १०९ जना बिरामी भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज जनाएको छ । गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड–१९ भेटिएको थियो।
अहिले भारतभर ५३ हजार सात सय २० जना सक्रिय सङ्क्रमित छन्।
बितेका २४ घन्टामा ६ हजार ६२८ जना निको भई घर फर्केका छन्। हालसम्म जम्मा ४ करोड ४२ लाख २३ हजार दुई सय ११ जना कोरोनामुक्त भएका छन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















