काठमाडौं- सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज अज्ञात समूहले नियन्त्रणमा लिएको छ।
मंगलबार बिहान सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज मार्फत भियतनामिज भाषामा अनधिकृत रूपमा पोष्ट समेत भएको छ।
मंगलबार बिहानदेखि पेजमा समस्या आइरहेको सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्का जानकारी दिए।
उनले भने ’हाम्रो पेजमा समस्या देखा परेको रैछ, के भएको हो भनेर हेर्न हामीले (आईटी) प्राविधिक टोलीलाई जानकारी गराइसकेका छौ। अहिले उनीहरूले हेर्दै छन्। केही बेरमा पत्ता लाग्ला।’
उनले पेजलाई पुरानै अवस्थामा फर्काउने प्रयास भइरहेको बताए।
प्रतिक्रिया दिनुहोस्






















