images
images
  • देउवा प्रतिपक्ष दलको नेता बन्न नमिल्ने सम्बन्धी रिट खारेज

    काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दलको नेता हुन नमिल्ने भन्दै दायर गरिएको रिट खारेज भएको छ ।

    आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माको इजलासले रिट खारेज गरेको हो ।

    गएको माघ २५ गते अधिवक्ता विमलप्रसाद पोखरेलले सर्वोच्चमा उक्त रिट दायर गरेका थिए ।

    कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’लाई पुस २६ गते विश्वासको मत दिएको भन्दै देउवा प्रतिपक्ष दलको नेता हुन अयोग्य रहेको जिकिर रिटमा गरिएको थियो ।

    आदेशको संक्षिप्त विवरण समेत सार्वजनिक नभएकाले के आधारमा निवेदन खारेज भयो भन्नेवारे केही उल्लेख छैन ।

    प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलको नेता सत्तासिन दल हुने भन्दै अधिवक्ता पोखरेलले त्यो दलका नेताले विपक्षी दलको नेताको मान्यता पाउन नहुने दावी गरेका थिए ।

    हाल रिटमा उल्लेख भएअनुसारको अवस्था छैन । अहिले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रतिपक्ष दलका नेता छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images