images
images
  • अखिल नेपाल महिला संघको अध्यक्षमा हमाल

    काठमाडौं- नेकपा एमालेनिकट महिला भ्रातृ संगठन अखिल नेपाल महिला संघको नयाँँ कार्यसमिति चयन भएका छ ।

    चैत २५ गते सम्पन्न भएको सम्मेलनबाट टुका हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

    एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेको सो सम्मेलनवाट उपाध्यक्षमा शर्मिला कार्की, मेनुका काफ्ले, सुमित्रा विसी, मेनका पोखरेल, रूकमणी राना र विमला राई पौडेल चयन भएका छन । बिमला राई निवर्तमान परराष्ट्र मन्त्रीसमेत हुन ।

    महासचिवमा भने पेम्बा लामा र उपमहासचिवमा शान्ति अधिकारी नयाँ कार्यसमितिमा आएका छन् ।

    यसैगरी ७ वटै प्रदेशको प्रतिनिधित्व हुने गरी सचिवहरूमा विणा राई, नरदेवी पुन, बीना ज्ञवाली, मीना रखाल, बीना साह, आशा बिक र शारदा कुमाल कार्यसमितिको नयाँ नेतृत्वमा आएका छन भने कोषाध्यक्षमा इन्दिरा फुयाँल चयन भएको सुजिता शाक्यले जानकारी दिएकी छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images