काठमाडौं- सशस्त्र प्रहरी बल गोताखोरले ईन्द्रसरोवर तालमा ¥याफ्टिङ्ग गर्ने क्रममा बेपत्ता भएका एक व्यक्तिको शव निकालेको छ।
ईन्द्रसरोवरमा ¥याफ्टिङ गर्ने क्रममा बेपत्ता भएका काठमाडौंका दक्षिणकाली नगरपालिका–३ का ३५ वर्षका राजकुमार सुवेदीको शव ४५ फिटको गहिराइबाट निकालिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण काठमाडौबाट गएको गोताखोरले बुधबार सुवेदीको शव निकालेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार मकवानपुर स्थित ईन्द्रसरोवर गाउँपालिका १ कुलेखानी जलविद्युत आयोजनाको ईन्द्रसरोवर तालमा ¥याफ्टिङ गर्ने क्रममा सुवेदीले मंगलबार तालमा हामफालेका थिए ।
प्रतिक्रिया दिनुहोस्






















