images
images
  • चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ता

    चितवन- चितवन निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।

    सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् ।

    यो क्षेत्रमा एमालेका रामप्रसाद न्यौपाने र रास्वपाका रवि लामिछानेले पनि उम्मेदवारी दर्ता गरेका छन् । श्रेष्ठको प्रस्तावक राजेश्वर खनाल र समर्थकमा रामचन्द्र अधिकारी रहेका छन् ।

    यसअघि यो क्षेत्रमा मंसिरको निर्वाचनमा लामिछाने निर्वाचित भएका थिए ।

    उनको नागरिकता प्रकरणमा विवाद भएपछि पद गएको थियो । त्यसपछि सो क्षेत्रमा वैशाख १० मा उपनिर्वाचन हुन लागेको हो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images