काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो दिनको दोस्रो खेल लखनऊ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हराउँदै सानदार विजयी सुरुवात गरेको छ ।
लखनउको घरेलु मैदानमा भएको खेलमा लखनउले १ सय ९४ रनको लक्ष्य दिएको थियो। दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो।
दिल्लीका लागि कप्तान डेभिड वार्नरले ४८ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए। राईली रउसोले ३० तथा पृथ्वी शाले १२ रन बनाए।
लखनउका मार्क उडले ५ तथा आवेस खान र रवि बिष्नोईले २र२ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो। लखनउका लागि कायल मेयर्सले ३८ बलमा २ चौका र ७ छक्काको सहयोगमा ७३ रनको अर्धशतकीय ईनिङ खेले।
निकोस पुरनले २१ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३६ रन बनाए। कुर्नाल पाण्ड्याले १३ बलमा अविजित १५ रन बनाए। आयुष बदोनी ७ बलमा १८ रन बनाए। दीपक होडाले १७ तथा मार्कुस स्टोईनसले १२ रन बनाए।
दिल्लीका लागि खलिल अहमद र चेतन साकरियाले २र२ र अक्षर पटेल र कुलदिप यादवले १र१ विकेट लिए।
दिल्लीका खलिल अहमदले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । चेतन सकारियाले ४ ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । कुलदीप यादवले ४ ओभरमा ३५ र अक्षर पटेलले ४ ओभरमा ३८ रन खर्चेर समान १-१ विकेट लिए । दिल्लीले आफ्नो दोस्रो खेल मंगलबार गुजरात टाइटन्ससँग खेल्नेछ ।
लखनऊले सोमबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ । आजको पहिलो खेलमा पन्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई डिएसएल मेथर्डमा ७ रनले हराएको थियो ।
आइपिएलमा आइतबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो ३:४५ मा राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ । बेलुका ७:४५ मा रोयल च्यालेन्जसं बेंगलोर र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।


विश्व खबर 



















