images
images
  • नुवाकोटमा सुमो दुर्घटना: २ जनाको मृत्यु, ८ जना घाइते

    काठमाडौं- नुवाकोटको दुप्तेश्वर गाउँपालिका– ४ टाटासुमो दुर्घटना हुँदा दुईजानको मृत्यु भएको छ ।

    ना२झ ३९८४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

    उनका अनुसार मृत्यु हुनेमा दुप्तेश्वर गाउँपालिका– ४ बस्ने २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीय मनमाया तामाङ रहेका छन् ।

    यस्तै सुमो दुर्घटनामा परी ८ जना घाइते भएको र उनीहरुको खरानीटार अस्पतालमा उपचार भइरहेको डीएसपी खड्काले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images