काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले पहिलो चरणमा उपमहासचिव प्रकाश ज्वालालाई मन्त्रीमा सिफारिस गर्ने भएको छ ।
प्रधानमन्त्रीले दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने प्रस्ताव राखेपछि एकीकृत समाजवादीले पहिलो चरणमा ज्वालालाई सिफारिस गर्न लागिएको नेता झलनाथ खनालले जानकारी दिए । उनले अन्य मन्त्रीबारे निर्णय नभइसेकको बताए।
अहिले मन्त्रालयको टुंगो नलागेपनि ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने एकीकृत समाजवादीको अपेक्षा छ ।
समाजवादीका उपमहासचिव समेत रहेका ज्वालाले बुधबार साँझसम्म मन्त्रीका रुपमा शपथ लिने छन्।
समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उपप्रधानसहित तीन मन्त्रालय मागेको थियो। तर प्रचण्डले समाजवादीलाई २ फुल मन्त्री र एक राज्यमन्त्री दिने तयारी गरेका छन्।
प्रतिक्रिया दिनुहोस्






















