images
images
  • सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाई स्थगित

    काठमाडौैं- नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

    आजका लागि काठमाडौं जिल्ला अदालतमा तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलले निवेदन दिएपछि फैसलाको पेशी स्थगित गरिएको हो।

    बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको भन्दै सन्दीप पक्षको वकिलले निवेदन दिएको थियो।

    यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images