काठमाडौं- नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको छ।
आईतवार सिंहदरबारस्थित गृह मन्त्रालयमा एक कार्यक्रम आयोजित गरी उनलाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको हो।
उनलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरेका हुन। नवनिर्वाचित प्रहरी महानिरीक्षक कुँवरलाई सरकारले गत शुक्रवार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।
दर्ज्यादी चिन्ह ग्रहणपछि कुँवरले प्रहरीको आन्तरिक सुदृढीकरण गर्न आफ्नो पहिलो प्राथमिकता रहेको बताए। उनले भने,’आन्तरिक सुदृढीकरण भीष्म प्रतिज्ञा हो।’
उनले आफूले निष्पक्ष काम गर्ने र कानुन कार्यान्वयनमा नडगमगाउने प्रतिवद्धता जनाएका हुन्। मुलुकभर शान्ति सुरक्षा कायम गर्न अन्य सुरक्षाका निकायहरूसँग समन्वय गरेर अघि बढ्ने उनको भनाइ छ।






















