images
images
  • कोर्स चेञ्ज गरेर राष्ट्रपति बन्नसक्थ्यौँ, तर धोकेबाज बन्न चाहेनौँः माधव नेपाल

    काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूले चाहेको भए राजनीतिक कोर्स परिवर्तन गरेर भएपनि राष्ट्रपति हुनसक्ने तर अस्वीकार गरेको बताएका छन् ।

    पार्टीनिकट भूपू सैनिक तथा प्रहरीको बैठकलाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनमा आफ्नो पार्टी निर्णायक भूमिकामा रहेको दाबी गरे ।

    उनले भने, ‘मैले अस्तिको मिटिङमा भनेको थिए । ख्याल रहोस् । अहिले गठबन्धनमा १० वटा छ । म प्रधानमन्त्री भएको बेलामा २२ वटा पार्टीलाई एकताबद्ध बनाएर प्रधानमन्त्री भएको मान्छे । अहिले १० वटा पार्टी हुँदैमा आत्तिनुपर्ने छैन । साथ दिनेहरूलाई मिलाएर लाने हो ।’

    उनले कांग्रेस र माओवादीलाई धोका दिएर राष्ट्रपति बन्न नचाहेको बताए ।

    उनले भने, ‘हामीले चाहेको भए कोर्स चेञ्ज गरेर राष्ट्रपति बन्नसक्थ्यौं । तर, के हुन्थ्यो थाहा छैन । एकीकृत समाजवादी र माधव नेपाल धोकेबाज होइन । कांग्रेस र माओवादीलाई पनि धोका दियो भन्ने हुन्थ्यो । इज्जत र प्रतिष्ठाभन्दा ठूलो केही छैन । राष्ट्रपति पाउनु कुनै ठूलो कुरा थिएन । मैले धोका दिने ढंगले अघि बढ्न चाहिनँ ।’

    उनले आफ्नो पार्टीले गठबन्धनमा सम्मानजनक भूमिका पाउने बताए । एमाले नेतृत्वमा रहेको अहंकारको कारणले प्रतिनिधिसभाको निर्वाचनमा केही धक्का खाएको नेपालको जिकिर थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images