दोलखा- स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नतिजा आउने क्रम शुरु भएको छ ।
आइतबार भएको मतदान सकिएलगत्तै दोलखाको जिरी क्याम्पसमा भएको मतगणनामा २ मतको अन्तरले एमालेनिकट अनेरास्वयुकी ज्योती खड्का सभापतिमा निर्वाचित भएकी छन् ।
उनले २३ मत पाएर विजयी हुँदा गठबन्धनका उम्मेदवार बिनोद बस्नेतले २१ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै सचिबवमा भने गठबन्धनका लिला जिरेल २३ मत पाएर विजयी भएका छन् ।
कोषाध्यक्ष अनेरास्वयुकै लक्ष्मी कार्की र सदस्यहरुमा अखिलकै आकृति खड्का,कुशल कार्की र सरोजकुमार जिरेल निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















