images
images
  • पीएनजीविरुद्ध शतक हान्दै यूएईका कप्तान वासिमले रचे इतिहास

    काठमाडौं- युएईका कप्तान मोहम्मद वासिमले आइसिसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनीविरुद्ध ६० बलमा शतक हान्दै इतिहास रचेका छन् । वासिमले ६० बलमा ४ चौका र ११ छक्कासहित आफ्नो ओडिआई करिअरको पहिलो शतक पूरा गरे ।

    पपुवा न्युगिनी (पीएनजी)विरुद्ध दुई सय ३५ रनको लक्ष्य पछ्याइरहेको यूएईका लागि कप्तान मुहम्मद वासिमले शतक बनाएका हुन ।

    कप्तान आसाद भालाको अर्धशतकीय इनिङप्रेरित पपुवा न्युगिनी (पीएनजी)ले आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाअन्तर्गत यूएईलाई दुई सय ३५ रनको लक्ष्य दिएको थियो। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको पीएनजीले सात विकेट गुमाएर दुई सय ३ ४ रनको योगफल तयार गरेको थियो।

    जवाफी ब्याटिङमा उत्रिएको यूएईका लागि ओपनिङ गर्न क्रिजमा उत्रिएका वासिमले ६२ बलमा पाँच चौका र ११ छक्कासहित १०० रनको कोशेढुङ्गा पार गरे। उनीसँगै क्रिजमा उत्रिएका आर्यान लाक्रा चार रन जोडेर पभिलियन फर्केका थिए। यस्तै वान् डाउनमा क्रिजमा उत्रिएका वृत्या अरविन्द ३३ रन बनाएर आउट भएका छन्।

    यूएईका लागि कबुवा मोरेया र रिले हेकुरेले एक–एक विकेट लिएका छन्। पीएनजीका लागि कप्तान आसाद भाला ९२ रनमा ६ चौका र एक छक्कासहित ६५ रनको अर्धशतकीय इनिङ खेलेर आउट भएका थिए।

    यस्तै, नोमन भानुवा ३१ बलमा एक छक्का र पाँच चौकासहित ४९ रनमा अविजित रहे। यस्तै, रिले हेकुरे ३३ रन जोडेर आउट हुँदा किप्लिन डोरिगा २४ र चार्ल्स अमिनीले २२ रनको योगदान गरेका थिए।

    यूएईका लागि हजरत बिलालले १० ओभरमा ४७ रन खर्चेर सर्वाधिक चार विकेट लिए। यस्तै रोहन मुस्तफा र जवार फरिले एक–एक विकेट लिए।

    लिग २ मा पीएनजीको यो अन्तिम खेल हो। यूएईले भने अन्तिम खेलमा भोलि नेपालको सामना गर्नेछ।

    यूएईले २३.१ ओभरमा दुई विकेट गुमाएर एक सय ५१ रन बनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images