काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको एकदिवसीय वरीयता (ओडीआई) मा नेपाल १६औँ स्थानमा पुगेको छ ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको एकदिवसीय वरीयता उल्लेख्य सुधार गरको हो । आईसीसी विश्वकप क्रिकेट लिग-२ मा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै ओडीआई वरीयतामा नेपाल १६औँ स्थानमा पुगेको हो ।
लिग-२ मा लामो समय खराब प्रदर्शन गरेको नेपालले पछिल्लो एक महिनामा जादुमय खेल देखाएको छ। लिगका पछिल्ला ११ खेलमध्ये १० खेल जितेको नेपालले विभिन्न कीर्तिमान पनि बनाएको छ ।
लिग २ का ३५ खेलमा ३८ अंक जोड्दै नेपाल चौथो स्थानमा पुगेको छ । अब बिहीबार (भोलि) हुने युएईसँगको खेलमा जित निकाले नेपालले सोझै एकदिवसीय विश्वकप छनोट खेल खेल्न पाउनेछ ।
ओडीआईको नयाँ वरीयताअनुसार नेपालले १ हजार १६७ अंक पाएको छ । नयाँ ओडीआई वरीयतामा ५ हजार १० अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । अस्ट्रेलिया र न्युजिल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
घरेलु मैदानमा सक्टल्यान्ड र नामिबियासँग खेल्नुअघि नेपाल १९औँ स्थानमा थियो । त्यसपछिका ११ मध्ये एक बाहेक सबै खेल जितेर नेपाल १६औँ स्थानमा पुगेको हो ।
यससँगै नेपालले एकदिवसीय वरीयतामा नामिबिया, युएई, अमेरिका र पपुवान्युगिनीलाई पछि पारेको छ । आज पिएनजी र युएईको खेल राजधानी काठमाडौंमा जारी छ ।


विश्व खबर 


















