images
images
  • विश्वकप लिग-२: नेपालले युएईलाई दियो २४९ रनको लक्ष्य

    काठमाडौं- आइसिसी विश्वकप लिग–२ अन्तर्गत आइतबारको खेलमा नेपालले युएईलाई २४९ रनको लक्ष्य दिएको छ।

    त्रिदेशीय शृङ्खलाको तेस्रो खेलमा नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनाएको हो। नेपालका लागि रोहित पौडेलले ७७, आरिफ शेखले ४३, गुल्सन झाले ३७, दीपेन्द्रसिंह ऐरीले ३४, भीम सार्कीले २९, कुशल मल्लले नौ र कुशल भुर्तेलले आठ रन बनाए।

    युएईका लागि अफजल खान, जवार फरिद, जहूर खान र रोहन मुस्तफाले दुई–दुई, आर्यन लक्रा र जुनैद सिद्धिकीले एक–एक विकेट लिए।

    अहिलेसम्मको अङ्क तालिकामा नेपालले ३३ मध्ये १६ खेल जितेर ३४ अङ्क बटुलेको छ। आज जित हासिल गरेमा ३६ अङ्क बनाएर अमेरिकालाई पछ्याउँदै एक दिवसीय मान्यता जोगाउन सफल हुनेछ। अमेरिकाले सबै खेल खेलिसकेको छ भने ३५ अङ्क छ।

    त्यस्तै, नेपालले विश्वकप क्वालिफायरमा छनोट हुन सबै खेल जित्नै पर्नेछ। तीनै खेल जितेमा नेपालले ४० अङ्क बटुलेर नामिबियालाई पछ्याउँदै विश्वकप क्वालिफायर खेल्न पाउनेछ। सबै खेल खेलिसकेको नामिबियाको ३९ अङ्क छ।

    लिग–२ बाट शीर्ष स्थानमा रहेका स्कटल्यान्ड ५० अङ्क र ओमन ४४ अङ्कसहित विश्वकप क्वालिफायरमा छनोट भइसकेका छन्। यो लिगबाट शीर्षस्थानमा रहेका तीन टोली विश्वकप क्वालिफायरका लागि छनोट हुनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images