images
images
  • सन्दीपले लिए दुई बलमा दुई विकेट

    काठमाडौं- नेपालका स्पिनर सन्दीप लाछिानेले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध दुई बलमा दुई विकेट लिएका छन् ।

    जितको लागि २ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पिएनजीले ३३ ओभरमा ६ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको छ ।

    सन्दीपले ३३ औं ओभरको दोस्रो बलमा हिरि हिरिलाई ८ रनमा बोल्ड आउट गरे । लगत्तै अर्को बलमा चाद सोफर फस्ट स्लिपमा आरिफ शेखबाट क्याच आउट भएपछि सन्दीप ह्याट्रिक नजिक पुगेका थिए । ह्याट्रिक बलमा नर्मन भानुवालाई आउट गर्न भने सकेनन् ।

    कप्तान असद भाला ५० बलमा २ चौका र २ छक्कासहित ४० रनमा क्रिजमा छन् । पहिलो विकेटका लागि टोनी उरा र किप्लिङ डोरिगाले ११.२ ओभरमा ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । डोरिगा सिंगल रन लिनेक्रममा दीपेन्द्रको थ्रोमा विकेटकिपर आसिफ शेखबाट रन आउट भए । त्यसपछि भने नेपाल खेलमा फर्किएको थियो ।

    ओपनर किप्लिङ डोरिगा ३४ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा रन आउट भए । ओपनर टोनी ४४ बलमा ९ चौकासहित ५० रनमा क्याच आउट भए। स्पिनर सन्दीप लामिछानेको १५ औं ओभरको तेस्रो बलमा आरिफ शेखबाट क्याच आउट भएका थिए ।

    चोभार एण्डबाट आएका स्पिनर सन्दीप लामिछानेको बलमा ठूलो सट खेलेका डोरिगाले नवौं ओभरको पाँचौं बलमा ब्यक्तिगत १६ रनमा जीवनदान पाएका थिए ।

    मिडअनमा आरिफ शेखले क्याच छाड्न पुगेका थिए । दीपेन्द्रसिंह ऐरीको १४ औं ओभरको तेस्रो बलमा सेसे बाउ ३ रनमा सोमपाल कामीबाट स्क्वायर लेगमा क्याच आउट भए । दीपेन्द्रले चाल्र्स अमिनीलाई १४ बलमा बोल्ड आउट गरे । उनले ४३ बलमा १ चौका प्रहार गरे ।

    त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९.१ ओभरमा २ सय ९७ रनमा अल आउट भयो । नेपालले यो आफ्नो ओडिआई इतिहासमा बनाएको सर्वाधिक उच्च योगफल हो ।

    नेपालको ओडिआईमा उच्च योगफल यसअघि २ सय ८७ रन थियो । नामिबियाविरुद्ध दुई साताअघि नेपालले २ सय ८६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा २ सय ८७ रन बनाएको थियो ।

    ओपनर आसिफ शेखले १ सय १० बलमा १२ चौका र २ छक्कासहित १ सय १० रनको सानदार शतकीय इनिङ खेले । कुशल भुर्तेल ४५, भीम सार्की ४४ र कप्तान रोहित पौडेलले ३० रन बनाए । पपुवा न्युगिनीका राइली हेकुरेले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । सेमो कमियाले ९।१ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images