images
images
  • ए डिभिजन लिग: पुलिसलाई हराउदै हिमालयन शेर्पा विजयी

    काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग २०७९ अन्तर्गत आजको दोस्रो खेलमा हिमालयन शेर्पाले नेपाल पुलिस क्लबलाई १–० को नतिजामा पराजित गरेको छ।

    बुधबार दशरथ रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेटको खेलपछि थपिएका समयको सातौँ मिनेटमा हिमालयन शेर्पाले गोल गरेको हो।

    कर्नरमा प्राप्त बललाई मुतुमाले गरेको हेडपछि प्राप्त बललाई सदुपयोग गर्दै अमृत श्रेष्ठले बललाई जाली चुमाए।

    खेलकै क्रममा हिमालयन शेर्पाले पेनाल्टी प्राप्त गरेको थियो। तर, त्यसलाई गोलमा परिणत गर्न सकेको थिएन। अन्ततः सेन्टर ब्याक अमृतको गोलसँगै हिमालयन शेर्पाले महत्वपूर्ण तीन अंक हासिल गरेको छ।

    पुलिस पहिलो खेलमा पनि जर्ज ब्वायजसँग पनि पराजित भएको थियो। हिमालयन शेर्पाले भने पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग बराबरी खेल्दै एक अंक हासिल गरेको थियो । खेलमा हिमालयन शेर्पाका अमृत म्यान अफ द म्याच घोषित भए।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images