काठमाडौं- भलिबलकी उषा भण्डारीले पिपल्स च्वाइस अवार्ड जितेकी छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले गरेको बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत उषाले पिपल्स च्वाइस अवार्ड जितेकी हुन् ।
भलिबलकी उषाले यो अवार्ड जित्ने क्रममा क्रिकेटका कुशल भण्डारी र फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन् ।
उषाले नेपालमा आयोजित १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाली टोलीले रजत पदक जित्दा टोलीकी सदस्यका रुपमा डेब्यु गरेकी थिइन् ।
उनी सन् २०१९ र २०२१ मा नेपाली टोलीले सेन्ट्रल जोन भलिबलको उपाधि जित्दा पनि सदस्यका रुपमा थिइन्। उषा अहिले नेपाल पुलिस क्लबबाट खेल्छिन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















