images
images
  • अल्मुताइरीले जिते वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड

    काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरी वर्षकै उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।

    नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले गरेको बजाज पल्सर स्पोर्ट्स बर्ष अवार्ड–२०७८ अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टीमका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जितेका हुन् ।

    मंगलबार प्रज्ञा प्रतिष्ठानमा भएको वर्ष प्रशिक्षकको घोषणामा राष्ट्रिय फुटबल टीमका पूर्वप्रशिक्षक अल्मुताइरीले बाँकी चार मनोनीतलाई पछि पारेका हुन् । वर्ष प्रशिक्षक बनेका अल्मुताइरीले एक थान पल्सर मोटरसाइकल प्राप्त गरे ।

    अलमुताइरीको प्रशिक्षणमा नेपाली फुटबल टोलीले आफ्नो प्रदर्शनलाई राम्रो सुधार गरेको थियो।

    उनको कमानमा नेपाल पहिलो पटक एएफसी एसियन कप २०२३ प्रतियोगित छनोटअन्तर्गत तेस्रो चरणसम्म पुगेको थियो।

    त्यसैगरी उनकै नेतृत्वमा गत वर्ष माल्दिभ्समा भएको १३औँ साफ च्याम्पियनसिपमा नेपालले फाइनल यात्रा तय गरेको थियो। तर नेपाल उपाधि जित्न भने चुकेको थियो।

    उनले वर्ष प्रशिक्षक बन्ने क्रममा क्रिकेटका अस्ट्रेलियन डेव ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्टलाई उछिनेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images