images
images
  • एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपाललाई ऐतिहासिक स्वर्ण

    काठमाडौं- एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको छ।

    एसियन क्रस कन्ट्री च्याम्पियनसिपको १६ औं संस्करणको प्रतिस्पर्धामा नेपालका दीपक अधिकारीले सिनियर पुरुष १० किलोमिटर ऐतिहासिक स्वर्ण पदक जितेका हुन् ।

    एसियाली स्तरको यो प्रतियोगितामा नेपालले सिनियरमा स्वणर् पदक जितेको यो पहिलो पटक हो ।

    १३ औं दक्षिण एसियाली खेलकुदका कास्य पदक विजेता तथा नवौं राष्ट्रिय खेलकुदका स्वणर् पदक विजेता दीपकले ३३ मिनेट ५२.०१ सेकेन्डमा दौड पूरा गर्दै स्वणर् पदक जितेका हुन् । उनी फोटो फिनिसमा विजयी भएका हुन् ।

    जापानका डाइची कामिनोले ३३ मिनेट ५२.०६ मा दौड पूरा गरेर रजत पदक प्राप्त गरे ।

    २६ जनाले भाग लिएको प्रतिस्र्पामा नेपाली मुकेशबहादुर पाल ३४ मिनेट ३३.३९ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जितेका छन् ।

    यस्तै, नेपालले महिला १० किमी दौडमा दुई रजत पदक पनि जितेको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images