images
images
  • लागुऔषध ओसारपसारको आरोपमा अष्ट्रेलियामा दुई नेपाली पक्राउ

    काठमाडौं- अष्ट्रेलियाको संघीय प्रहरीले दुई नेपाली युवालाई लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ। उनीहरूलाई प्रहरीले ब्रिसबेनबाट गत २२ फेब्रुअरीमा ‘हेयर डायर’ को ट्युबमा लुकाइराखेको लागुपदार्थ सहित पक्राउ गरेको हो।

    क्यासिनोबाट फर्कदै गर्दा २१ वर्ष उमेरका ति युवाहरुलाई समातेको प्रहरीले जानकारी दिएको छ।

    संघीय प्रहरीका अनुसार उनीहरूको साथबाट ४५० ग्राम लागुऔषध बरामद भएको थियो। उनीहरू सिड्नीबाट उक्त लागुऔषध ६ वटा ‘हेयर डायर’ को ट्युबमा राखेर ब्रिजबेन पुगेका थिए।

    उनीहरूलाई प्रहरीले पाईन रिभर्स मजिस्ट्रेट कोर्टमा उपस्थित गराएको थियो। उनीहरूलाई अवैध लागुऔषध ओसापसारको अभियोगमा मुद्दा दायर गरेको छ।

    अष्ट्रेलियाको अपराध संहिता अनुसार यस खालको मुद्दामा २५ वर्ष सम्मको जेल सजाय हुनसक्छ। उनीहरुलाई थप अनुसन्धानका लागि थुनामा राखेर मुद्दा अगाडि बढाउन अदालतले अनुमति दिएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images