images
images
  • लिग-२: युएईले नेपाललाई दियो २०८ रनको लक्ष्य

    काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईबाट जितका लागि २०८ रनको लक्ष्य पाएको छ ।

    दुबई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको यूएईले आठ विकेट गुमाएर दुई सय सात रनको योगफल तयार गर्‍यो।

    यूएईका लागि आसिफ खानले ९९ बलमा पाँच चौका र तीन छक्काहित ७२ रनको अर्धशतकीय इनिङ खेले। यस्तै, पाँचौं नम्बरमा क्रिजमा उत्रिएका रोहन मुस्ताफाले ७ बलमा दुई चौकासहित ५१ रनको अविजित इनिङ खेले।

    मुस्ताफासँग ५८ रनको साझोदारी गरेका आर्यन लाक्राले ३६ बलमा २८ रन बनाएका थिए। यस्तै, कप्तान सिपी रिजवान २२ तथा वृत्य अरविन्द १८ रन बनाएर पेभेलियन फर्किँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

    नेपालका लागि १० ओभरमा २७ रन खर्चिएका सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए। यस्तै, कुशल मल्लले पाँच ओभरमा १७ रन खर्चिएर एक विकेट लिए।

    आरिफ शेखले ९ ओभरमा ३३ रन खर्चिएर एक विकेट लिएका थिए। दीपेन्द्रसिंह ऐरी १० ओभरमा ३५ रन खर्चिएर एक मेडन मात्रै राख्न सके।

    करण केसीले सात ओभरमा ४० रन खर्चिएर एक मेडनसहित एक विकेट लिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images