images
images
  • पल्सर स्पोर्टस् अवार्डको मनोनयन, यी हुन् वर्ष उत्कृष्ट खेलाडीहरु

    काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले पल्सर स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक गरेको छ  ।

    एनएसजेएफले मंगलबार पत्रकार सम्मेलन गर्दै वर्ष उत्कृष्ट महिला, पुरुष, युवा र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । अवार्ड मनोनयनमा फुटबल र क्रिकेटका खेलाडीको वर्चश्व रहेको छ।

    वर्ष पुरुष खेलाडीको मनोनयनमा फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल परेका छन्।

    वर्ष महिला खेलाडीको मनोनयनमा भलिबलकी अरुणा शाही, क्रिकेटका रुबिना क्षेत्री र सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल परेका छन्।

    वर्ष युवा खेलाडीको मनोनयनमा फुटबलका मनीष डाँगी, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी छन्।
    भलिबलकी उषा, क्रिकेटका कुशल भण्डारी र फुटबलका अञ्जन विष्ट पिपल्स च्वाइस अवार्डको मनोनयनमा पनि छन्।

    वर्ष प्रशिक्षकतर्फ फुटबलका कुवेती अब्दुल्लाह अलमुताइरी, क्रिकेटका अस्ट्रेलियन डेव ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन, र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका छन्।

    वर्ष पुरुष, महिला, पिपल्स च्वाइस र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्।

    यो पटकबाट वर्ष युवा खेलाडीले पनि पल्सर मोटरसाइकल पाउनेछन्। अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर पानउछेन्।

    मञ्चले यसअघि नै पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिसकेको छ। पिपल्स च्वाइसमा क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी रहेका छन् ।

    पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा त्यही दिन गरिनेछ। स्पोर्टस् अवार्ड अर्को मंगलबार हुँदैछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images