images
images
  • केपी ओली कप फुटबल: आयोजक टिमलाई हराउँदै मछिन्द्र क्लब फाइनलमा

    काठमाडौं- आयोजकको टिम केपी ओली फुटबल क्लबलाई १–० ले हराउँदै मछिन्द्र फुटबल क्लब केपी ओली कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको दोस्रो सेमिफाइनलमा केपी ओली फुटबल क्लबलाई हराउन विमल घर्ती मगरले निर्णायक गोल गरे ।

    विमलले खेलको १९ औं मिनेटमा रजिन धिमालको पासमा गोल गरेका थिए । मछिन्द्रले उपाधिका लागि सातदोबाटो युथ क्लबसँग खेल्नेछ । फाइनल खेल बुधबार दशरथ रंगशालामा हुनेछ । सातदोबाटोले बिहान भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई सडेन डेथमा हराएर फाइनल पुगेको हो ।

    नेकपा एमालेका युवा संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख रुपैयाँ नगद र उपविजेता टोलीले ५ लाख रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images