images
images
  • महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई, लगातार छैटौं पटक ह्याट्रिक

    काठमाडौं- अष्ट्रेलियाले छैटौं पटक आईसीसी महिला टी–२० विश्वकपको उपाधि जितेको छ । केपटाउनमा आइतबार भएको फाइनलमा अष्ट्रेलियाले घरेलु टोली दक्षिण अफ्रिकालाई १९ रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।

    लगातार सातौं संस्करणको फाइनल खेलेको अष्ट्रेलियाले छैटौं पटक उपाधि जित्ने क्रममा दोस्रो पटक उपाधिमा ह्याट्रिक गर्यो । सन् २००९ को पहिलो संस्करणमा फाइनल पुग्न नसकेको अष्ट्रेलियाले २०१०, २०१२ र २०१४ मा लगातार जित्दै उपाधिमा ह्याट्रिक गरेको थियो ।

    २०१६ को फाइनलमा भने अष्ट्रेलिया वेष्ट इन्डिजसँग पराजित भयो । त्यसपछि २०१८, २०२० र २०२३ मा उपाधि जित्दै अष्ट्रेलियाले फेरि ह्याट्रिक गरेको हो ।

    पहिलो पटक फाइनल पुग्दै इतिहास रचेको दक्षिण अफ्रिका भने घरेलु मैदानमै पराजित रह्यो । अष्ट्रेलियाले दिएको १५७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।

    दक्षिण अफ्रिकाका लागि ओपनर लोरा वालभाल्टले सर्वाधिक ६१ रन बनाइन् । उनले ४८ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरिन् । क्लोए ट्रायोनले २५ रन बनाइन् ।अष्ट्रेलियाका लागि मेगन सुट, एश गार्डनर, डार्सी ब्राउन र जीस जोनासेनले १/१ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ओपनर बेथ मुन्नीको ७४ रन मद्दतमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो ।

    एक छेउबाट विकेट गएपछि अर्को छेउ सम्हालेकी मुनीले ५३ बल खेल्दै ९ चौका र १ छक्का मद्दतमा अविजित ७४ रन बनाइन् ।

    एश गार्डनरले २९ र एलिसा हिलीले १८ रन बनाए ।दक्षिण अफ्रिकाका लागि शबनिम स्माइल र मरिजान कापले २/२ विकेट लिए ।फाइनलमा अलराउण्ड प्रदर्शन गरेकी अष्ट्रेलियाकी एश गार्डर प्लेअर अफ दि सिरिज घोषित भइन् । उनले ११० रन बनाउनुका साथै १० विकेट लिएकी थिइन् । उनी सर्वाधिक विकेट लिनेमा दोस्रो स्थानमा रहिन् ।

    इंग्ल्याण्डका सोफी एस्सेलोटनले सर्वाधिक ११ विकेट लिएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images