काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको विदेश जान नपाउने उच्च अदालत पाटनको आदेश यथावत् रहने भएको छ ।
लामिछानेले पेस गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश इश्वर खतिवडाको इजलासले महान्यायाधीवक्ता र लामिछानेको निवेदन एकसाथ राखेर आउँदो आईतबार पेशी तोक्न आदेश दिएको छ ।
लामिछानले विश्वकप लिग–२ अन्तर्गतको श्रृंखलाका लागि खेल्न पाउँ भनि बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । सोमबारबाट सुरु हुने नेपालको आठौं श्रृंखलामा यूएई र पपुवा न्यु गिनीसँग दुई–दुई खेल खेल खेल्दैछ । त्यसका लागि नेपाली टोली शनिबार दुबई जाँदैछ ।
नेपालले यसैसाता स्कटल्यान्ड र नामिबियासँग लिग–२ मा सबै चार खेल जितेको थियो । लामिछानले नेपालबाट सर्वाधिक १३ विकेट लिएका थिए ।
बलात्कार आरोप लागेका लामिछानेलाई २० लाख रुपैयाँमा धरौटीमा छाड्ने आदेशसँगै उच्च अदालतले विदेश जान रोक लगाएको थियो ।



विश्व खबर 


















