images
images
  • सन्दीपको मुद्दा न्यायाधीश खतिवडाको एकल इजलासमा

    काठमाडौं- राष्ट्रिय क्रिकेट टीमका सदस्य सन्दीप लामिछानेले यूएई जान पाऊँ भन्दै दिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पेशी तोकिएको हो । आईसीसी क्रिकेट वर्ल्डकप लीग टुअन्तर्गत यूएई र पीएनजीविरुद्धको सिरिजका लागि यूएई जान अनुमति माग्दै लामिछाने सर्वोच्च अदालत पुगेका छन् ।

    उच्च अदालतले विदेश जान रोक लगाएका कारण सन्दीप यूएई जाने टीममा परेका छैनन् । सोही प्रतिबन्ध फुकुवाका लागि सन्दीपले बिहीवार सर्वोच्चमा निवेदन दिएका हुन् ।

    न्दीपलाई धरौटीमा छाड्ने आदेश दिँदा उच्च अदालत पाटनले विदेश जान नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको थियो जसले गर्दा यूएईमा खेल्न जाने नेपाली राष्ट्रिय टीममा उनी समावेश छैनन् ।यदि सन्दीपको माग सुनुवाइ गर्दै सर्वोच्चले विदेश भ्रमणको रोक हटायो भने उनी यूएई जान सक्नेछन् ।

    नेपाल–यूएई र पीएनजीबीच आगामी साता यूएईमा सिरिज हुँदैछ । एक दिवसीय वरीयता जोगाउनका लागि पनि उक्त सिरिज नेपालका लागि निकै महत्त्वपूर्ण छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images