images
images
  • विजेता खेलाडीलाई प्रतिव्यक्ति २ लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिगका विजेता खेलाडीलाई प्रतिव्यक्ति २ लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

    बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन् ।

    खेलाडीहरूलाई बधाइ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले भने, “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईँहरूलाई बधाइ छ । तपाईँहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ । यो देशकै गौरव हो ।”

    badhai

    प्रधानमन्त्रीले भन्नुभयो, “तपाईँको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ । म सबै नेपालीहरूको तर्फबाट तपाईँहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । तपाईँहरूलाई फेरि पनि सफलता मिलोस् । आउने प्रतिस्पर्धाका लागि शुभकामना छ । तपाईँहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी दुई लाख पुरस्कार दिने घोषणा गर्दछु ।”

    खेल क्षेत्रका समस्या समाधान गर्न लगातार सहकार्य गर्ने प्रधानमन्त्री दाहालले बताए। “सरकारमा हुँदा होस् वा नहुँदा होस्, म सधैँ तपाईँहरूको साथमा छु । खेल क्षेत्रका समस्या समाधान गर्न लगातार सहकार्य गरिरहेको छु” प्रधानमन्त्रीले भने, “छोटो समयमै नेपाली क्रिकेटले जुन सफलता हासिल गरेको छ, त्यसले मलाई पनि राजनीतिमा प्रेरणा दिँदै आएको छ ।”

    खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएकोमा खुसी व्यक्त गरे।

    Bijeta toli

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images