images
images
  • कप्तान रोहितको अर्धशतक

    काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन्।

    लगातार विकेट पतनसँगै संकटको अवस्थामा रहेको नेपालका लागि रोहितले अर्धशतक हानेका हुन्।

    रोहितले ३० औँ ओभरको पहिलो बलमा अर्धशतक पुरा गरे। उनले ५४ बलमा ४ चौका र २ छक्का हाने। रोहितको यो सातौँ अर्धशतक हो।

    २९।१ ओभरमा १ सय २६ रन बनाउँदा ७ विकेट गुमाएको नेपाल संकटको अवस्थामा छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images