images
images
  • स्कटल्यान्डले दियो नेपाललाई २ सय १३ रनको लक्ष्य

    काठमाडौं- नेपालले विश्वकप लिग २ मा स्कटल्यान्डविरुद्धको खेल जित्न २ सय १३ रनको लक्ष्य पाएको छ । नेपालले टस जितेपछि ब्याटिङको निम्ता पाएको स्कटल्यान्ड ४६.१ ओभरमा २ सय १२ रनमा अलआउट भयो ।

    जर्ज मुन्सी र काएल कोएटजरले स्कटल्यान्डलाई सानदार सुरुआत दिलाएका थिए । पूर्वकप्तान कोएटजरलाई सन्दीप लामिछानेले २२ रनमा आउट गरी नेपाललाई पहिलो सफलता दिलाए ।

    सन्दीप आफ्नो पहिलो ओभरमा आएदेखि नै स्विप सट खेलेर आक्रामक देखिएका मुन्सीले ५० बल खेल्दै ९ चौका र २ छक्का प्रहार गरि ६० रन बनाए । उनको लेग स्टम्प सन्दीपले उडाइदिएका थिए ।

    नामिबियाको पहिलो खेलमा अविजित शतक बनाएका मुन्सीले त्यसपछिका दुई खेल खेलेका थिएनन् । नेपालविरुद्धको खेलमा नखेलेका मुन्सीसहित कोएटर र साफियन सरिफलाई आजको खेलमा खेलाएको थियो । कप्तान रिची बेरिङटनलाई एलबीडब्लु आउट गरी सन्दीप ह्याट्रिक विकेटको नजिक पुगेका थिए ।

    म्याथ्यु क्रसले ४२ रन बनाए । दीपेन्द्रसिंह ऐरीद्वारा सिधा थ्रोमा रनआउट हुनुपूर्व उनले ६३ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । टोमस म्याकिन्टोसलाई १ रनमा आउट गरी सन्दीपले चौथो विकेट लिए । सन्दीपले १० ओभरमा ४५ रन खर्चे ।

    माइकल लिस्कलाई बोल्ड गर्दै करणले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरे । नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पुरा गर्ने उनी सन्दीप र सोमपालपछिका तेस्रो खेलाडी हुन् ।

    करणले ब्रेन्डन म्याकमुलेनलाई ३१ रनमा आउट गरी आफ्नो दोस्रो विकेट लिए । म्याकमुलेनले ४८ बल खेली ३ चौका प्रहार गरे । करणले ३ विकेट लिए । उनले ८.१ ओभरमा ४२ रन खर्चे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images