images
images
  • ल्होत्से मल लुटपाटमा संलग्न थप एक जना पक्राउ

    काठमाडौं- ल्होत्से मलमा भएको लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका-४ बारपाटे स्थायी घर भई हाल नेपालटार बस्ने २९ वर्षीय सरोज पौडेल रहेका छन् ।

    यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरू चोरी गर्दै गरेको देखिएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बालाजु बसपार्कबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका उनीमाथि चोरी सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज पठाएको प्रहरीले छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images